दुई आकाश

 दुई आकाश बीच डोरिएको परान

कहिले माथिका तारा हेरी रमाउँछ

त कहिले तलका।


हुन ;

तल, माथि छुट्याउने क्षमता राख्छ

तर यस्ता बेला पनि आउँछन् कि 

दिशाले नी आफ्नो मर्म छोड्छ

के तल के माथि।


रातको निश्चल अँध्यारोमा कहिले 

यसरी आफू बिलाउँछ पनि

आँखा खोल्दा र बन्द गर्दा

फरक भेट्दै पनि 

के वर्तमान के भूत भनी,

के सत्य के काल्पनिक पनि।


म, तिमी, ऊ, त्यो सबै एकै त हुन् 

कोही यो बुज्छन कोही बुझ्दैनन् पनि

सम्बोधन नै त हो एकै व्यक्तिको

मात्र भिन्न भिन्न परिस्थिति छानी।


कोही, मात्र देखाइएको बाटो हिँड्न रोज्छन

कोही, नयाँ भेटिन्छ कि कतै भनी खोज्न रोज्छन

कोही यस्ता कुरा गर्न रोज्छन

त कोही यो गरेर आउने फरकलाई।


अधिकांशलाई मिलाए चिटिक्क पारेको मन पर्छ

त कतिलाई अर्थ नै न लाग्ने

तिमी कुन मा पार्यौ. 


हरेक कुरामा खोट खोजी मिलाउन मन छ,

तर त्यो खोटिलाई कसले सोध्ने 

उसलाई त्यो खोट पाल्न पो मन छ कि ?


कसले सोध्ने?  किन सोध्ने ? कहिले सोध्ने?


Comments

Popular posts from this blog

जब मन आफ्नो वशमा हुँदैन

her.

together we stand