Posts

Showing posts from April, 2022

दुई आकाश

 दुई आकाश बीच डोरिएको परान कहिले माथिका तारा हेरी रमाउँछ त कहिले तलका। हुन ; तल, माथि छुट्याउने क्षमता राख्छ तर यस्ता बेला पनि आउँछन् कि  दिशाले नी आफ्नो मर्म छोड्छ के तल के माथि। रातको निश्चल अँध्यारोमा कहिले  यसरी आफू बिलाउँछ पनि आँखा खोल्दा र बन्द गर्दा फरक भेट्दै पनि  के वर्तमान के भूत भनी, के सत्य के काल्पनिक पनि। म, तिमी, ऊ, त्यो सबै एकै त हुन्  कोही यो बुज्छन कोही बुझ्दैनन् पनि सम्बोधन नै त हो एकै व्यक्तिको मात्र भिन्न भिन्न परिस्थिति छानी। कोही, मात्र देखाइएको बाटो हिँड्न रोज्छन कोही, नयाँ भेटिन्छ कि कतै भनी खोज्न रोज्छन कोही यस्ता कुरा गर्न रोज्छन त कोही यो गरेर आउने फरकलाई। अधिकांशलाई मिलाए चिटिक्क पारेको मन पर्छ त कतिलाई अर्थ नै न लाग्ने तिमी कुन मा पार्यौ.  हरेक कुरामा खोट खोजी मिलाउन मन छ, तर त्यो खोटिलाई कसले सोध्ने  उसलाई त्यो खोट पाल्न पो मन छ कि ? कसले सोध्ने?  किन सोध्ने ? कहिले सोध्ने?