भन न

 कल्पनामा कति उडिरहन्छौ 

जबकि तिनी रहने नै छन् बनी कल्पना

किन सम्झी मुस्कुराउँछौ  तिमी

थाहा छ फेरि, तिम्रा कल्पना बन्ने छैनन् विपना 


 भन न ।।।


आफै बोली फोरेर उत्तर आफै दिन्छौ तिमी

भले वास्तविकतामा  मन पिरो छ

तर पनि मीठा बोली छुट्दैन्न तिम्रा

थाहा छ कल्पना तिम्रा, मात्र तिम्रै थिए

तर पनि किन मुस्कुराइरहेको भेट्छु तिमी।


भन न किन।।।


उसका अभावमा कैयौ पलहरु बि/बताएका छौ

  उसले बोलन छाडेका महिनाहरू गनेका छौ

यी गर्दा पाउने त कहीँ देख्दिन तिमीले

तर नी

थाहा छैन तिमीले अझै उसको चित्र किन कोर्दै छौ।


भन न किन।।।


के यो आफ्नो समय कटाउने बहाना बनाउँदै थियौं

कि मन भुलाउने बाटा खोज्दै थियौं

के साच्चै को आकर्षण थियो तिम्रो

कि पुराना खाल्टाहरु पूर्दै भर्दै थियौं ।


भन न।।।


उत्तर दिन किन डराउँछौ तिमी

किन प्रश्न यिनी पन्छाउन खोज्छौ तिमी

देखेको छु

कहिले चिटिक्क पारी मिलाएर लेख्छौ

कहिले बिगारेर मात्र शब्द पोख्छौ


भन न  यसो गर्छौ किन।


किन तिमी दुनियासँग

 आफ्नो नाम सोध्छौ

किन 

चिनिन तिमी बाटो खोज्छौ

किन

टेकिन माटो खोज्छ

किन

हरफहरु मिलाउन खोज्छौ


भनेथेउ;

छाडी दिमला तीनका दम्ला हरु

हेरमला के कता पुगी जान्छन्।।।


अठ्याउन छाडी दिमला एक पटक।

हेरौँ न के के कता बगि जालान् होला ।।।।








Comments

Popular posts from this blog

her.

जब मन आफ्नो वशमा हुँदैन

together we stand